बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

परीक्षण हुँदै कोरोनाविरुद्धका खोप र औषधि


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २७, २०७७
  • 647
    SHARES

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानिसलाई बचाउन वैज्ञानिक र चिकित्सकहरू विभिन्न प्रकारका खोप र औषधिको परीक्षणमा जुटेका छन् । तत्काल खोप र औषधि उपलब्ध नहुँदा कोराना भाइरसको संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ । तर, छिट्टै समाधान निकाल्ने प्रयासमा वैज्ञानिकहरू लागिपरेका छन् ।

हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइन

१८ मार्चमा अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले कोभिड–१९ विरुद्ध मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइन प्रयोग गर्ने निर्णय गर्‍यो । त्यसलगत्तै अमेरिका सरकारले तीन करोड डोज हाइड्रोक्सिक्लोरोक्वाइन र १० लाख डोज क्लोरोक्वाइन बजारमा पठाइने तयारी भइरहेको बताएको थियो । तर, एक सातापछि युरोपियन युनियनका अधिकारीहरूले हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइनजस्ता औषधि कोभिड–१९ विरुद्ध प्रभावकारी हुने प्रमाण नभएको बताए । अप्रिल अन्तिम साता एफडिएले नै हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइनजस्ता औषधिको प्रयोगले मुटुसम्बन्धी समस्या देखिने बताएको थियो । जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन (जामा)ले पनि मुटुको धड्कन अनियमित हुने र दैनिक दुई डोज सेवन गरेका २४ जनाको मृत्यु भएकाले क्लोरोक्वाइनको प्रयोग गर्न नसकिने बताएको थियो । त्यसैले कोभिड–१९ नियन्त्रणका लागि दुवै औषधिको प्रयोग अझै द्विविधामै छ ।

रेमडेसिभिर

सन् २०१४ मा इबोलाविरुद्ध परीक्षणमा ल्याइएको रेमडेसिभिर नामक एन्टिभाइरल कोभिड–१९ का लागि पनि परीक्षण भएको छ । इबोलाका लागि प्रभावकारी नदेखिए पनि यो एन्टिभाइरलले शरीरमा भाइरस फैलिनबाट रोक्न सक्ने अध्ययनबाट पत्ता लागेको थियो । डिपार्टमेन्ट अफ भेट्रान अफेयर्सका अनुसार अप्रिल मध्यतिर गरिएको परीक्षणमा रेमडेसिभिरले बिरामीमा केही सकारात्मक लक्षण देखिएको थियो । तर, पर्याप्त अध्ययन नभएको बताउँदै अमेरिकाबाहेकका मुलुकले यसको परीक्षण र प्रयोग अगाडि बढाएका छैनन् ।

क्यालेट्रा

एचआइभी पोजिटिभ ९एड्स०का बिरामीलाई दिइने एन्टिभाइरल हो, क्यालेट्रा । लोपिनाभिर र रिटोनाभिरको सम्मिश्रण रहने यो एन्टिभाइरल पनि कोभिड–१९ विरुद्ध प्रयोग गर्न सकिने–नसकिनेबारे परीक्षणको क्रममा छ ।

फविपिराभिर

इन्फ्लुएन्जाका बिरामीलाई दिइँदै आएको औषधि हो यो । चीनले यो औषधि कोभिड–१९ विरुद्ध परीक्षण गरेको बताइए पनि त्यसको प्रभावकारिताबारे थप तथ्य प्रकाशित भएको छैन ।

आर्बिडोलदेखि एन्टिबडीसम्म

आर्बिडोललाई अन्य दुई औषधिसँगै राखेर परीक्षण भइरहेको छ । यसबारे थप अनुसन्धान जारी छ । र, परिणाम सार्वजनिक भइसकेको छैन । यस्तै, मोनोक्लोनल एन्टिबडिज, ब्लड प्लाज्मा ट्रान्सफर, स्टिम सेल्स र इम्युनो सुपरस्ट्यान्सजस्ता उपचार विधिबारे पनि अध्ययनहरू भइरहेका छन् । संक्रमितमा परीक्षण भएका कतिपय उपचार पद्धतिबाट सकारात्मक नतिजा पनि नआएको होइन । तर, कोरोना भाइरसको उपचारकै लागि खोप र औषधि बन्न अझै समय लाग्ने वैज्ञानिकहरूको अनुमान छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }