शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले सडक बनाएको विषयलाई लिएर संसदको अन्तराष्ट्रिय समितिमा चर्काचर्की


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 873
    SHARES

भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिएपनि कुनै निर्णय÷निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नपभर्ने भन्दै अडान लिएका थिए । सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भएपनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताउनुभयो । बैठक सकिएपछि समिति सभापति पवित्रा निरौला खरेलले ‘‘भरसक भोली नै बैठक बस्ने सोच हो र भोली मन्त्रीज्यूको समय मिल्यो र सदन नरहने अवस्थामा ११ बजे नै बैठक बस्छौँ । तर अहिले नै यसलाई म ढुंगो दिन सक्दिन’’ भनेपछि विवाद सुरु भएको थियो । लगत्तै रावलले ‘संसदको कुरा गर्नुभयो संसद के का लागि’ भन्दै प्रश्न गर्नुभयो ? ‘‘देशको सार्वभौम सत्तामाथि नाङप्गो हस्तक्षेप भएको छ । अनि समय के का लागि हो । सरकार के का लागि हो । देश केका लागि ? यो भन्न मिल्दैन् । या अहिले समितिमा बोल्न पाउनुपर्छ या बैठकको समय निर्धारण हुनुपर्छ । माननिय सभापति ज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ । त्यो बैठकबाट निर्णय हुनुपर्छ । यसरी बैठकका विषयमा अहिले भन्न सक्दिन भन्न मिल्दैन् ।’’

लगत्तै सभापति निरौलाले ‘माननिय ज्यू गम्भिर विषयको छलफल हुनुपर्छ । आजै सक्न पाए हुन्थ्यो ।’ भनेपछि बाँझाबाँझ थपिएको थियो ।

चर्काचर्किपछि मन्त्री ज्ञवालीले संसदका सबै समिति बराबर भएकाले सबैलाई समय दिनुपर्ने बाध्यताका कारण अहिले नै भन्न नसकिने बताउनुभएको थियो । विदेशमा अलपत्र परेका नेपाली नागरिक लगायतका विषयमा अन्य समितिहरुले पनि समय लिएका कारण समय तालमेल गरेर सभापतिलाई जानकारी गराउने बताउनुभएको थियो । आइतबारको समिति बैठकमा मन्त्री ज्ञवालीले भारतले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको बताउनुभयो । केही प्रावविधिक कुराहरु मिलाउन बाँकी रहेकाले नक्सा अहिलेसम्म सार्वजनिक नभएको उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले नक्सा सार्वजनिक नभएकै कारण लिपुलेक क्षेत्रको १८, १९ किलोमिटर भूमि मिचिएको हो भनेर नसोच्न पनि आग्रह गर्नुभयो । नक्सा जारी नभएको कारण सीमा नमिचिएको उहाँको दावी छ । उहाँले भन्नुभयो , ‘मैले जुन अघि १८, १९ किलोमिटरको कुरा गरे त्यो त २०३२ सालमा जारी भएको नेपालको नक्सामै लिपुलेक लगायतका क्षेत्र छन् । नक्सा नभएको कारणले बाटो गएको नभएको कारणले नगएको भन्ने होइन् ।’

अन्तिममा समिति सभापति निरौलाले परराष्ट्रमन्त्रीले अन्य बैठकमा पनि समय दिएका कारण समय तत्काल तोक्न नसकिएको भन्दै जुनसुकै अवस्थामा पनि भोली विहान साढे ८ बजे बैठक बस्ने बताउनुभयो ।

कुटनीतिक र वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुको विकल्प अहिले नभएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }