बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’को आधिकारिक ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख / सामाजिक संञ्जालमा चीनको विरोध


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 968
    SHARES

काठमाडौं । चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भनि गलत समाचार प्रशारित  गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।सीजीटीएनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भन्दै केहि तस्विरहरु पनि उल्लेख गरेको छ ।

सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }