बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तामाकोसी पाँच आयोजनामा लगानी गर्न सञ्चय कोषको प्रस्ताव, पुरै ऋण दिन तयार


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 555
    SHARES

काठमाडौं । कर्मचारी संचय कोषले प्रस्तावित ९९.८ मेगावाटको तामाकोसी पाँच जलविद्युत आयोजनामा लगानीको प्रस्ताव गरेको छ । सञ्चय कोषले आयोजनालाई आवश्यक पर्ने सबै लगानी जुटाइदिने प्रस्ताव गरेको हो ।

प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । यता एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआईबी) ले आयोजनामा १५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाएको छ ।

अर्थ मन्त्रालय र एआईबीबीच छलफल जारी छ । यद्यपी, औपचारिक सम्झौता हुन बाँकी छ । आयोजना नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीबाट निर्माण गर्न लागेको हो ।

आयोजनामा सञ्चय कोषका अतिरित्त एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) दुबैले लगानी गर्न तयार भएका छन । स्वदेशी पुँजी वा एआईबीको ऋणबाट बनाउने भन्ने निर्णय सरकारले गर्न बाँकी छ ।

आयोजनामा लगानीका लागि प्रस्ताव गरेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । उनले आयोजनाका लागि आवश्यक लगानी गर्न कोष तयार भएको स्पष्टपारे । लगानीका लागि छलफल भइरहेको र सहमति हुन बाँकी रहेको उनले सुनाए ।

सञ्चय कोष माथिल्लो तामाकोसी आयोजनाको मुख्य लगानीकर्ता हो । सञ्चय कोषले तामाकोसी पाँचौं आयोजनामा लगानी गर्न दिनुपर्ने शर्त राख्दै आएको छ ।
माथिल्लो तामाकोसीबाट बिजुली उत्पादनपछि निस्कने पानी सिधै टेलरेस सुरुङबाट तामाकोसी पाँचौमा जाने भएकाले आयोजनाको बाँध बनाउन पर्दैन । बाँधको लागत जोगिने छ ।

आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ ।

विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेड स्थापना गरेर आयोजनाको काम अघि बढाएको छ । तामाकोसी पाँचौ जनताको जलविद्युत आयोजना हो । जनतालाई सेयर निष्कासन गर्नुपर्ने हुन्छ ।

आयोजनामा सञ्चय कोषले लगानी गर्ने चासो देखाएको तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमान श्रेष्ठले बताए । उनले प्रारम्भीक छलफल भएको जानकारी दिए । अर्थ मन्त्रालयलले लगानीका लागि एआईआईबीसंग छलफल गरिरहेको उनको भनाई छ । उनले दुबैतिर छलफल भइरहेको जानकारी दिए ।

एआईबीले आयोजनाको थप अध्ययन गर्न १० करोड रुपैयाँ अर्थात ९ लाख डलर अनुदान दिएको थियो ।  आयोजना सन २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि कोरोना भाइसर महामारीले लम्बिने भएको छ ।

विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) जर्मनको ल्याह्मेयर इन्टरनेसनले गरिसकेको छ । आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ ।

आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ ।

आयोजनाको ८ किलोमिटर लामो सुरुङ छ । आयोजना दोलखा जिल्लाको उत्तरीभेग सुरीमा पर्छ । आयोजना आर्थिक रुपमा आकर्षक रहेको अध्ययनले देखाएको छ ।

आयोजनालाई एआईबीबाट भन्दा सञ्चय कोषबाट ऋण लिन सस्तो पर्ने छ । कोषले साढे १० प्रतिशत हारहारीमा ऋण लगानी गर्दै आएको छ । पछिल्लो समयमा कोषले ऋणको ब्याजदर पनि ०.५ प्रतिशत विन्दुले घटाएको छ ।

सञ्चय कोषले माथिल्लो तामाकोसीका अतिरित्त, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनामा ऋण लगानी गरिसकेको छ । यस्तै केही आयोजनामा अन्य बैंकहरुसंगको सहवित्तीयकरणमा ऋण लगानीको तयारी गरेको हो । कोषले जलविद्युतमा ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }