बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बालाजु र पाटन औद्योगिक क्षेत्र भित्र रहेका अधिकांश उद्योगहरु आंशिक रुपमा सञ्चालनमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 1.4K
    SHARES

लकडाउनका कारण बन्द रहेका उद्योगहरु अहिले आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन् । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्र भित्र रहेका अधिकांश उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएका छन् । सबै कामदार उपस्थित हुन नसक्ने र कच्चा पदार्थको अभाव भएका कारण अझैपनि उद्योग सञ्चालन गर्न समस्या रहेको उद्योगीहरुले बताएका छन् ।

लकडाउनका कारण सबै उद्योग बन्द हुँदा अर्थतन्त्रमा असर परेको भन्दै सरकारले गत वैशाख २८ गतेदेखि ४२ प्रकारका उद्योगहरुले एक तिहाई श्रमिक राखेर सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो । त्यससँगै सरकारले श्रमिक तथा कर्मचारीहरुको आवागमनलाई सहज बनाउन उपत्यका भित्र टाइमकार्ड समेत लागू ग¥यो । तरपनि टाढाबाट आउनु पर्ने र उपत्यका बाहिर रहेका श्रमिकहरु उपस्थित नहुँदा उद्योगहरु पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । यस्तै उद्योग सञ्चालनका लागि कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको वितरण एवं ढुवानीमा समस्या आउने गरेको उद्योगीहरुले बताएका छन् । तरपनि उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा ८१ व्टा र पाटन औद्योगिक क्षेत्रमा ९५ वटा उद्योग सञ्चालनमा आएका छन् । उद्योग सञ्चालन गरिएपनि कर्मचारीहरु आउन नसक्दा पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको बालाजु औद्योगिक क्षेत्रमा रहेको पोलिथिन एण्ड प्लाष्टिक उद्योग प्रालिका प्रबन्ध निर्देशक प्रमोद घिमिरेले बताउनुभयो । उहाँले लकडाउनमा काम नभएपछि आफ्नो घर गएका श्रमिकहरु आउन नसकेको बताउनुभयो ।

विस्कुट उत्पादन गर्ने कम्पनी नेबिको प्राइभेट लिमिटेडका महाप्रबन्धक केशब भट्टराइले लकडाउन सुरु भएको एक महिना पछि नै आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताउनुभयो । उहाँले उद्योगको नजिक रहेका श्रमिकहरुलाई बोलाई काम सुरु गरिएको बताउनुभयो । अहिले पनि सबै सबै श्रमिकहरु काममा फर्कन नसक्दा पूर्ण रुपमा उद्योग सञ्चालन गर्न नसकिएको भट्टराईले बताउनुभयो । उहाँले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गरी काममा लगाइएको बताउनुभयो ।

निजी क्षेत्रका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपनि सरकारी लगानीको दुग्ध विकास संस्थानको ‘काठमाडौं दुग्ध वितरण आयोजना’ भने पूर्ण रुपमा सञ्चालनमा आएको छ । आयोजना प्रमुख तिर्थकुमार महर्जनले लकडाउनमा पनि दुध उत्पादनमा कुनै कमि नआएको बताउनुभएको छ । उद्योगमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव हुन नदिएको र प्रशासनिक क्षेत्रमा पालैपालो गरी कर्मचारीहरु आउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले पनि दैनिक ७५ देखि ७६ हजार प्याकेट दुध उत्पादन भइराखेको प्रबन्धक महर्जनले बताउनुभयो ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कायम मुकायम क्षेत्र व्यवस्थापक भोजराज विनाडीले औद्योगिक क्षेत्र भित्र सञ्चालनमा रहेका उद्योगहरुको नियमित अनुगमन गर्ने गरिएको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगहरुमा कोरोना भाइरस संक्रमणको सावधानी अपनाइएको बताउनुभयो । उहाँले अहिले सम्म ८१ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालन गरिएको बताउनुभयो । अहिले उद्योगहरुमा सबै श्रमिक आउन सक्ने अवस्था पनि नरहेको र कच्चा पदार्थको समेत अभाव भएकाले पूर्ण रुपमा सञ्चालन गर्न समस्या रहेको बताउनुभयो । उद्योगमा उत्पादन भएका वस्तुहरुको वितरण तथा ढुवानीका लागि टाइम कार्डका कारण समस्या भएको उहाँले बताउनुभयो ।

पाटन औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका केही उद्योगरुले भने श्रमिकहरुलाई उद्योगमै बस्ने व्यवस्था मिलाई उद्योग सञ्चालन गरेको पाइएको छ । पूर्ण वुड कभरिङ इन्ड्रस्टिजका सञ्चालक किरण स्थापितले श्रमिकहरुलाई उद्योग मै खाने र बस्ने व्यवस्था मिलाएर आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताउनुभयो । सबै श्रमिकहरु उद्योग सम्म आउन कठिन भएकाले उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

पाटन औद्योगिक क्षेत्रका प्रशासनिक अधिकृत प्रदीप पराजुलीले लकडाउन कायम हुँदा पनि पाटन औद्योगिक क्षेत्र भित्र सात वटा उद्योगहरु सञ्चालनमा आइरहेको बताउनु भयो । उहाँले सरकारले उद्योगहरु सञ्चालन गर्न दिने भनेपछि आइतबार देखि करिब ९५ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएको बताउनुभयो । उहाँले सबै उद्योगहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिई सामाजिक दुरी कायम राख्ने र स्वास्थ्य सावधानिका उपायहरु अपनाएर काम गर्न आग्रह गरिएको र सोही अनुसार नै उद्योगहरु सञ्चालन भइराखेको बताउनुभयो ।

सरकारले एक तिहाई कर्मचारी राखेर उद्योग सञ्चालन गर्न भनेपनि अझै केही उद्योगहरु सञ्चालनमा आउन भने सकेका छैनन् । बालाजु औद्योगिक क्षेत्रमा भित्र १ सय ३१ उद्योगहरु छन भने पाटन औद्योगिक क्षेत्रमा १ सय २१ उद्योगहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }