शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमितको संख्या २५० पुग्यो


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 424
    SHARES

बिहिवार थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा सर्लाही, धन्कौल न.पा. निवासी ४५ वर्षिय पुरुष, धनषा, जनकपुर न.पा. र मिथिला न.पा. निवासी ४० वर्षिय पुरुष र २० वार्षिय महिला, महोत्तरी, जलेश्वर न.पा. र बलवा न.पा. निवासी १६ र ३५ वर्षिय पुरुषहरु छन् ।

उनीहरु सम्पुर्णलाई अहिले चिकित्सकहरुको निगरानीमा राखिएको बताईएको छ । यस अगाडि आजै बिहिवार विहान ६ः १५ मा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिलालाई संक्रमण देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }