बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वराजा ज्ञानेन्द्रका परिवार झापामै रोकिने, गृहमन्त्रालयको आदेशमा रद्द गरियो सवारी पास


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 373
    SHARES

काठमाडौं । देशमा लकडाउन जारि रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले लिएको सवारी पास रद्द भएको छ ।  शुक्रवार राजधानी आउन लागेका पूर्वराजा शाहको सवारी पास गृहमन्त्रालयको आदेशले रद्द भएको छ ।

पत्नी कोमलसहित पूर्व राजा शाह लकडाउन भन्दा अगाडि नै झापा पुगेका थिए । शाहलाई काठमाडौँ आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार सवारी पास जारी गरेको थियो । तर गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवै सवारी पास खारेज गर्ने निर्णय गरेपछि पूर्व राजा शाहको पास जिल्ला प्रशासन कार्यालयले केही घण्टामै खारेज गरेको छ ।

झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे । पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो । त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }