शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपाको सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २, २०७७
  • 252
    SHARES
  •  फाईल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि आज बैठक बसेको थियो ।

बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यद्यपी के सुझाव दिए भन्ने उहाँले केही खुलाउनुभएन् । सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ ।

यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आजको सचिवालयको बैठकमा पार्टीका अध्यक्ष एवै सम्माननिय प्रधानमन्त्री ज्यूले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझावहरु छन भने अझैपनि दिन हुनको लागि सचिवालय बैठकलाई अनुरोध गर्नुभयो र त्यसका बारेमा केही विषयहरुमा महत्वपूर्ण सुझावहरु पनि सचिवालयको तर्फबाट दिने काम भएको छ ।

पार्टीको स्थायी कमिटी बैठकका बारेमा आज कुनै टुंगो भएको छैन् । नीति तथा कार्यक्रमपछि त्यसबारेमा नेतृत्वबीचमा र सचिवालयको बैठकमा छलफल होला ।’’

नेकपा स्थायी कमिटी बैठक यसअघि दुई पटक बोलाएर स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }