बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा भेइकल डिसइन्फेक्सन टनेल संचालन


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३, २०७७
  • 784
    SHARES

रसुवामा भेइकल डिसइन्फेक्सन टनेल संचालनमा आएको छ । चेम्बर अफ कमर्स रसुवा, सिड्स रसुवा र सुन्दर यातायात प्रा ली काठमाण्डौ को त्रिपक्षिय सहयोगमा रसुवा प्रबेश गर्ने मुख्य क्षेत्र बेत्रावतीमा भेइकल डिसइन्फेक्सन टनेल संचालनमा ल्याइएको हो ।

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम र न्यूनिकरणलाई सहयोग पुग्ने गरी निर्माण गरिएको टनेल शुक्रबारदेखि संचालनमा आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

निर्माण गरिएको टनेलमा जिल्ला प्रबेश गर्ने सवारी साधनलाई लगि स्प्रे मार्फत डिस ईन्फेक्सन गरीन्छ ।

प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्य, चेम्बर अफ कमर्श रसुवा, सिड्स रसुवा र सुन्दर यातायात प्रालिको संयुक्त आर्थिक सहयोगमा टनेल निर्माण गरिएको चेम्बर अफ कमर्श रसुवाका प्रवक्ता प्रमोद कुमार तितुङले बताए ।

रसुवाको प्रमुख मुख्य प्रबेशद्दारमा निर्माण गरिएको डिसइन्फेक्सन टनेलले कोरोना भाइरसको संक्रमण बाट रसुवा जिल्लालाई सुरक्षित गराउन महत्वपुर्ण भुमिका खेल्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

जिल्लामा निर्माणाधिन बिकास निर्माणका आयोजनाका लागि निर्माण सामग्री बोकेका सबारी साधनलाई जिल्ला प्रबेशमा रोक लगाउन वा व्यबस्थित रुपले प्रबेश गराउने ब्यबस्था मिलाउन सकिएमा रसुवा जिल्ला कोरोना भाईरसको संक्रमणबाट सुरक्षित हुने लम्सालले दाबि गरे ।

त्यस्तै जिल्ला प्रबेसद्दार बेत्राबती भएकाले यस क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले कसैको निर्दैशन पालना नगरी मानिस तथा सवारी साधनको आवतजावतमा पुर्ण रुपमा रोक लगाई कार्य गर्न गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । जिल्लाका सम्पुर्ण सुरक्षा निकाय तथा स्वास्थ्य सेवामा कार्यरत सबैले सरकारले दिएको निर्देशन अनुसार काम गर्न समेत प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }