बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनपछि बैंकिङ प्रणालीमा निक्षेप ९८ अर्ब बढ्यो


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 437
    SHARES

काठमाडौं । बन्दावन्दी (लकडाउन) आदेश जारी भएपछि बैंकिङ प्रणालीमा ९८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गएको चैत ११ देखि वैशाख मसान्तसम्म सो रकम निक्षेप परिचालन बढेको हो ।

लकडाउनकाबीचमा विदेशबाट रेमिट्यान्स आप्रवाह भएका कारण पनि निक्षेप बढेको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले बताए । उनले यसबीचमा लगानीमा रहेको कर्जा २० अर्ब रुपैयाँले बढेको उनले जानकारी दिए ।

जारी लकडाउनमा पनि बैकिङ कारोबार भइरहेकाले निक्षेप परिचालन र कर्जा लगानी बढेको उनले सुनाए । बीचमा केही दिन कर्जा प्रवाह हुन थालेपछि तरलता घटेर २८ अर्ब रुपैयाँ झरेको थियो ।

हाल बैंकिङ प्रणालीमा झण्डै ५१ अर्ब रुपैयाँ अधिक तरलता रहेको प्रवत्ता भट्टले जानकारी दिए । यसबीचमा केही सरकारी खर्च बढेकाले तरलता माथि पुगेको उनको भनाई छ । अहिले बैकिङ क्षेत्र तरलताको सहज अवस्थामा रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }