बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना महामारीले नेपालको अर्थतन्त्रमा १६८ अर्बको क्षति, जीडीपी घटे नोक्सान अझ बढ्ने


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 653
    SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट नेपालको अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।

कोरोना महामारी रोक्न सकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) पछि अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण हालसम्म यो क्षति भएको नेपाल राष्ट्र बैंकले गरेको प्रारम्भीक अनुमानले देखाएको हो ।

कोभिड–१९ पूर्वको यस प्रक्षेपणलाई केन्द्रीय तथ्याँक विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले कोभिड पूवको सामान्य अवस्था भएमा यो वर्ष ७.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । सोही अनुमानका आधारमा यो क्षतिको प्रारम्भीक अनुमान निकालेको प्रवत्ता डा. भट्टले बताए । ७.३ प्रतिशत आर्थिक वृद्धिलाई आधार मान्दा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा ४ प्रतिशत भन्दा बढी क्षति भएको अनुमान राष्ट्र बैंकको छ ।

यस्तै जीडीपी विस्तार २.७ प्रतिशतबाट पनि ओरालो लागेमा अर्थतन्त्रमा अझ बढी  क्षति हुने उनको भनाई छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीले अर्थतन्त्र लकडाउनमा जाँदा आर्थिक विस्तार खुम्चिएर जीडीपी वृद्धि १ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । आर्थिक विस्तार १ प्रतिशतमा खुम्चिए अर्थतन्त्रमा हुने क्षति अझ बढी हुने डा. भट्टले जानकारी दिए ।

कारोना संक्रमण रोकथामका लागि सरकारले सामाजिक दूरी कायम गर्न २०७६ चैत ११ देखि घरमै बस्नुपर्ने व्यवस्था गरेको छ । यसक्रममा उद्योगधन्दाहरु न्यून क्षमतामा सञ्चालनमा छन् ।

यसले आपूर्ति श्रृंखला प्रभावित बनाएको छ । ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ । यसैगरी सार्वजनिक यातायात बन्द रहेको अवस्था छ । सरकारको ढुकुटीमा राजश्व संकलन हुन सकेको छैन । विकास गतिविध बन्द हुँदा विकास खर्च ठप्प भएको छ ।

अर्थतन्त्रका सबै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिन थालेको राष्ट्र बैंकको निश्कर्ष छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याँक विभागको अनुमान छ ।

फागुनको तुलनामा २०७६ चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति बढेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ । सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको आर्थिक परिदृष्यमा उल्लेख गरेको छ ।

२०७६ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको छ । निक्षेपको भारित औसत ब्याजदर सीमान्त घटेको छ । लगानी नभएपछि कर्जाको ब्याजदर स्थिर छ ।

एसियाली विकास बैंकले कोरोना महामारीले विश्व् अर्थतन्त्रमा ८८ खर्ब डलर क्षति भएको प्रारम्भीक अनुमान गरेको छ । उद्योगधन्धा र पर्यटन क्षेत्र बन्द हुँदा १५ करोडले जागिर गुमाएको जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }