बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको रिपोट निगेटिभ


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 364
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ। अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको हो । उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्।

उनका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या छ। ‘नवजात शिशुमा देखिने जन्डिसको समस्या यी शिशुमा पनि देखिएको हो,’ डा ताम्राकारले भने, ‘अरु सबै अवस्था सामान्य छ।’ कोभिड–१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको महिला हुन् । शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो।

मन्त्रालयका अनुसार अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति भएको आधिकारिक जानकारी गराएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }