शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा क्वारेन्टाइनमा लापरबाही, कसको दोष ?


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 726
    SHARES

रसुवाको सदरमुकाम धुन्चेमा रहेको एक सरकारी कार्यालयका कर्मचारी क्वारेन्टाइनमा बसेको तिन दिन भयो । घर गएका उनी बैशाखको २९ गते कार्यालयमा हाजिर हुन आइपुगे । पछिल्लो समय कोरोना संक्रमित लगायत अन्य जिल्ला बाट सरकारी कार्यालयका कर्मचारिहरु जिल्ला आउने क्रम बढेको थियो । स्थानिय नागरिकहरुले कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै क्वारेन्टाइनमा राख्न माग गरेका थिए । त्यसै अनुरुप  उनलाई पनि ट्राभल हिस्ट्रीको आधारमा जेठ ३ गते क्वारेन्टाइनमा राख्यो उनी सँगै सदरमुकाम धुन्चेको क्वारेन्टाइनमा ५ जना कर्मचारीलाई राखियो ।

क्वारेन्टाइनमा राखेकाहरु माथि चरण लापरबाहि गरेर राखेको उनीहरु बताउछन् । नाम नखुलाउने सर्तमा एक व्यक्तिले भने ओछ्यान सफा नगरि हामीलाई राखिएको छ, क्वारेन्टाइनमा राखेपछि बेडमा जादा केहि सफा गरेको छैन्, सिरानी मुनी प्याड भेटिन्छ, सिगान पुछेर राखेको रुमाल भेटिन्छ, पहिला बसेका मान्छेहरु सुतेकै ओछ्यानमा सुताएको छ, त्यो पनि सफा नगरी, बरु आफनो कोठामा सुरक्षित भइन्थ्यो होला यहाँ डरलाग्दो छ, बरु आरडिटी चेक गरेर सेल्फ क्वारेन्टाइनमा बस्नु उचित हुन्छ जस्तो लाग्छ, ।

बसेको कोठा मात्र होइन् शौचालय समेत फोहोर रहेको छ । नाम नबताउने सर्तमा उनी भन्छन् ट्वाइलेट एकदम फोहोर छ । हामी बस्न जाने बेलामा ट्वाइलेट पुरै जाम भएको रहेछ त्यसैमा शौच गर्नु बाहेक अरु बिकल्प पनि छैन् हामीलाई, ।

क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । उनीहरु बिहान बेलुका गरि दैनिक दुई पटक तापक्रम मापन गर्छन् । क्वारेन्टाइनमा बसेकाहरुलाई दैनिक चार पटक खानाको व्यवस्था गरिएको छ । बिहान खाजा, खाना दिउँसो खाजा र बेलुका खानाको व्यवस्था गरिएको छ । खाजामा चिया, बिस्कुट, चना चिउरा दिइएको छ भने खानामा दाल, भात, तरकारी दिएको क्वारेन्टाइनमा बस्नेहरु बताउछन् ।

खानेपानीका लागि एउटा थर्मस बाहिर राखिएको छ । सबैले पालैपालो गिलासमा राखेर खाने गरेका छन् । सरसफाइका लागि भन्दै एउटा सामुन दिइएको छ । तर स्यानेटाइजर भने आफुहरुले नपाएको क्वारेन्टाइनमा बसेका बताउछन् । एक जनाले भने, एउटा थर्मसमा पानी राखिदिएको छ सबैले त्यसैबाट रबरको गिलासमा राखेर खाने हो, पानी लिदाँ पनि सबैको हात एउटै त हुदैन नि कमसेकम पानी लिने ठाउँमा स्यानेजाइटर राखेको भए हुने थियो कि, ।

क्वारेन्टाइमा बसेपनि त्यहाँ सहज अप्ठ्यो के छ भन्नेबारे कसैले नसोधेको उनीहरु बताउछन् । व्यवारेन्टाइनमा रहेका अर्का एक जनाले भने, हामीलाई सहज अप्ठ्यारो के छ भनेर कोहि पनि बुझन आउनुभएको छैन्, बाहिर दुई जना स्वास्थ्यकर्मी हुनुहुन्छ, हामीलाई यहाँ असहज भयो, बरु आरडिटी गरेर पठाइदिनुसन भन्दा माथिबाट आएको आदेश अनुसार गर्ने हो हामीले पनि भन्नुहुन्छ, हाम्रा कुरा सुनिदिने कोहि भएन्, ।

५ जना मध्ये तिन जनालाई सोमबार आरडिटी परिक्षण पश्चात गरिएको र नतिजा नेगेटिभ आएपछि छोडिएको छ । दुई जनाको भने आरडिटी गरिएको छैन् । छोडिएका मध्ये दुई जना जेठ १ गते र एक जना जेठ तिन गते क्वारेन्टानमा बसेको बताइएको छ । क्वारेन्टाइनमा बसिरहेका एकजनाले भने, अरु ठाउँबाट आएको लाई दुई तीन दिन भित्रमै आरडिटी चेक गरेर पठाउनु भयो । उहाँहरु सँगै हामी कोरोना संक्रमण नभएको जिल्लाबाट आउने चाहि १४ दिन बस्नुपर्ने रे, राज्यको पहँुच भएको, चिनजान भएको, जिल्लाको कार्यालयको हाकिम भएकाहरुलाई आएको दुई तिन दिनमै आरडिटी चेक गरेर पठाइयो, तर हामीलाई केहि भन्नुहुन्न्, केहि बुझनै सकिएन् ।

क्वारेन्टाइनमा बस्नेहरुलाई बिभेद गरेको बताएका छन् । नाम नबताउने सर्तमा पुन उनले भने, सबैलाई समानता गर्नुपर्ने हैन् र, राखे सबैलाई १४ दिन राख्न पर्यो होइन भने त एकै दिन आएको कसैलाई दुई तीन दिनमै चेक गरेर पठाउने कसैलाई लामो दिन यो त भएननी, मान्छे हेरेर बिभेद गरियो, ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }