
काठमाडौं । संघीय संसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । संसदको मंगलबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
गत शुक्रबार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रम संसदबाट पारित भएकाले अर्थमन्त्री डा. युवराज खतिवडालाई आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुला भएको छ । प्रमुख प्रतिपक्षलगायत अन्य दलहरुले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।