बुधबार, अशोज १९, २०७९

रसुवामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको आजदेखि आरडिटी परिक्षण सुरु


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 174
    SHARES

रसुवामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको आजदेखि आरडिटी परिक्षण सुरु गरिने भएको छ । बाहिरी जिल्लाबाट रसुवा प्रबेश गरि जिल्लाको ५ वटै गाउँपालिकामा सेल्फ क्वारेन्टाइनमा बसिरहेकाहरुको आरडिटी परिक्षण गरिने भएको हो ।

जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रसुवाको बैशाख २१ गते बसेको बैठकको निर्णय अनुसार बिभिन्न जिल्लाबाट रसुवा प्रबेश गरी सेल्फ क्वारेन्टाइनमा बसी १४ दिन पुरा भएका व्यक्तिहरुको आरडिटी परिक्षण गरिने जनाइएको छ ।

काठमाण्डौ, संखुवासभा, कैलाली र इलामबाट जिल्ला आएका ४ सय ४४ जनाको आरडिटी परिक्षण गर्ने तयारी छ । आरडिटी परिक्ष्ण गर्नका लागि कोरोना क्राईसिस म्यानेजमेन्ट सेन्टरले सुचना निकालेर मिति र स्थान तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ