शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको उत्तरी क्षेत्रमा खाद्यान्नको अभाब


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 456
    SHARES

रसुवाको सदरमुकाम धुन्चे सहित उत्तरी क्षेत्रमा खाद्यान्नको मौज्दात कमी भएसंगै खाद्यान्न अभाब देखिन थालेको छ । जिल्ला सदरमुकाम धुन्चे तथा दुई वटा गाँउपालिकाको केन्द्र रहेको स्याफ्रुबेशीमा खाद्यान्नको मौज्दात कमी भए सँगै खाद्यान्न अभाब देखिन थालेको हो ।

अब सदरमुकाम धुन्चे लगायत उत्तरी क्षेत्रमा करिब एक साताका लागि मात्र पुग्ने खाद्यान्न रहेको स्थानीय ब्यापारीहरुले बताएका छन् । ८ सय बोरा चामल, ७८ बोरा दाल, दुई सय २० बाकस तेल, ७८ बोरा नुन र ७२ वटा ग्यास मौज्दात रहेको तथ्याङ्क दिएको चेम्बर अफ कर्मस रसुवा तथा उद्योग बाणिज्य संघ रसुवाले जनाएको छ ।

लकडाउनको समयमा गाँउमा मानिसहरुको संख्या बढेसँगै खाद्य सामाग्रीको खपत पनि बढेको ब्यापारीहरुको भनाई छ । जिल्ला सदरमुकाम तथा दुईवटा गाँउपालिकामा करिब १६ हजार मानिस बसोबास गर्दैै आएका छन् । धुन्चे तथा स्याफ्रुबेशीमा गरि जम्मा सात वटा होलसेलका पसल रहेको छ ।

आलुको उत्पादन बढी हुने तर धान र मकैको उत्पादन भने कमी हुने हुँदा यस क्षेत्रका बासिन्दाहरुले बढी मात्रामा खाद्यान्न किनेरै गुजारा गर्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }