शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना रोकथामका लागि रसुवामा धुङलाङ्ग समाज सक्रिय बन्दै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 693
    SHARES

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि रसुवामा धुङलाङ्ग समाज सक्रिय बन्दै गएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जादाँ सदरमुकाम धुन्चेमा संक्रमण भित्रन नदिनका लागि समाज पनि सक्रिय बन्दै गएको हो । समाजको मंगलबार बसेको बैठकले धुन्चेबासीको स्वास्थ्य सुरक्षा र सहजतालाई मध्यनजर राख्दै कोरोना भाइरस सम्बन्धि ११ बुदे निर्णय गरेको समाजका सचिब प्रमोद कुमार तितुङले बताए ।

बैठकले सदरमुकाम धुन्चेमा बाह्य स्थानबाट आउने तरकारी १५ दिनका लागि रोक लगाउने निर्णय गरिएको छ । १५ दिन पश्चात पुन बैठक बसी अर्को निर्णय गर्ने जनाएको छ । त्यसैगरि, सदरमुकाम धुन्चेमा रहेका बित्तिय संस्था साताका २ पटक मात्र संचालन गर्न पाउने भएका छन् । बित्तिय संस्था र वडा कार्यालयबाट समय तोकि संचालन गर्नुपर्ने भएको छ । प्रत्येक बित्तिय संस्थाले आफनो संस्था परिसरमा हात धुने व्यवस्था मिलाउनुपर्ने भएको छ । हात धोइसकेपछि स्यानेटाइजर लगाउन दिई संस्थामा प्रबेश गराउनुपर्नेछ । मास्कको प्रयोग बिना सेवाग्राहि प्रबेश गराउन पाइने छैन् ।

लकडाउनको समयमा सदरमुकाम धुन्चे प्रबेश गर्ने प्रबेद्धार त्रिशुली खोला, केबु, ब्राबल गेट, मिनि गोसाइँकुण्ड क्षेत्र, र धुन्चे लेकबाट धुन्चे प्रबेश गर्ने बढेसँगै सोहि क्षेत्रमा कडाईका लागि गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ को कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । धुन्चे प्रबेशगर्नेहरुको स्वास्थ्य स्थिति, कुन स्थानबाट आएको र प्रस्थानबारे वडाको सिफारिस हेरी प्रबेश गराइने भएको छ । प्रबेश गराएकाहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने र स्वास्थ्य सम्बन्धि चेकजाँच गरि पठाइने व्यवस्था मिलाइने भएको छ ।

त्यस्तै अत्यावश्यक कार्यका लागि सामाग्री खरिदबिक्रि, भिडभाड कम गराउन प्रत्येक घरलाई एक पास बितरण गरिने निर्णय भएको छ । सामान खरिदका लागि जादा आफु स्वयमले प्रयोग गर्ने झोला प्रयोग गर्नुपर्ने भएको छ । सदरमुकाम धुन्चेमा रहेका पसलहरुमा भिडभाड कम गराउन सामाजिक दुरी कायम गरिने भएको छ । पसल अगाडि डोरीको बार लगाउने, गोलो घेराको पालना गरि सामाजिक दुरी कायम गराई सामाग्रीको बिक्रिबितरण गर्नुपर्ने भएको छ । त्यसैगरि भिडभाड र सामाजिक दुरी कायम गराउन चिया पसल बन्द गराइने भएको छ । दुध जन्य सामाग्री भने बिक्रि बितरण गर्न पाइने छ ।

त्यस्तै बैठकले धुन्चेमा जुवा, तास र जाडँ रक्सि सेवनमा रोक लगाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा जाडरक्सि सेवन बढी हुने हुँदा होटल रेष्टुरामा जुवा तास र जाडँ रक्सि सेवनमा रोक लगाइएको हो ।
कोरोना भाइरस रोकथामका लागि बनाइएका नियम उल्लघंन गरेमा सरोकारवाला निकाय र धुङलाङ समाज बिचको समन्यमा कारबाहि प्रक्रिया अघि बढाइने समाजका सचिब तितुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }