शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ८, २०७७
  • 513
    SHARES

 

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन् । करिब १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बुथ बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अस्पताललाई उपलब्ध गराएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरि निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मी बीच संबाद गर्न माइक जडान गरिएको छ । यस्तै बुथमा हावा पास गर्नको लागि पछाडिपटिको भागमा पंखा जडान गरिएको छ ।

बुथ हस्तान्तरण कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्द बन्जाडेले कोभिड–१९ सँग अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको जोखिम न्यूनिकरणका लागि इन्जिनियर्सहरुको समेत भूमिका होस भन्ने उद्देश्यले बुथ निर्माण गरी उपलब्ध गराइएको बताउनुभयो ।

विपदको अवस्थामा स्वास्थ्यकर्मीहरुको जोखिमलाई ध्यान दिई इन्जिनियर्सहरुले गरेको सहयोगले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताउनुभयो । वैज्ञानिक रुपमा बनाइएको स्वाब कलेक्सन बुथ जस्तै अन्य स्वास्थ्य उपकरणहरुको निर्माणमा इन्जिनियर्सहरुको सहयोगको आवस्यकता रहेको उहाँले बताउनुभयो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. रत्न बज्राचार्यले कोभिड–१९को रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षाको निम्ति काम गर्न पाउँदा खुशि लागेको बताउनुभयो । नेपाल इन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अहिले सम्म काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपलान्चोक, रसुवा, नुवाकोट, र धादिङमा गरी कुल १७ वटा स्वाब कलेक्सन बुथ निर्माण गरी सरकारी अस्पतालहरुलाई उपलब्ध गराएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }