बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अत्याधुनिक बन्दै रसुवागढी नाका, चीनले दियो उपकरण


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ८, २०७७
  • 1.1K
    SHARES

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री तथा अत्याधुनिक बनाइने भएको छ । नाका व्यवस्थापन गर्नका लागि चिनले प्रबिधि सम्बन्धि आवश्यक सामाग्री प्रदान गरेसँगै रसुवागढी नाका प्रविधिमैत्री तथा अत्याधुनिक बनाइने भएको हो ।

बिहिबार नेपाल र चीनको सिमाना रसुवागढीमा चीनको स्वशासित क्षेत्र अन्तर्गत तिब्बतको जिलोङ काउन्टी प्रशासनले सिमा नाकामा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सुरक्षा चेकजाँचका लागि आवश्यक उपकरण प्रदान गरेको हो । करिब एक करोड बराबरका सामाग्री प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

चीनले सीमा नाकामा भन्सार र सुरक्षा चेकजाँचका लागि ब्यागेज स्क्यानर मेसिन १ सेट, सिमा नाकामा सुरक्षा चेकजाँचका लागि वाक थु्र गेट एक सेट, सीमा क्षेत्र र जिल्लामा सुरक्षा चेकजाँचका लागि मेटल डिरेक्टर ५ सेट र स्वास्थ्य जाँचका लागि आरडिटी किट १५ सय वटा प्रदान गरेको छ । उक्त सामाग्री सीमा सुरक्षा चेकजाँच र कोरोना भाइरस चेकजाँचमा उपयोगी हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।


उक्त प्रबिधि जडान भएसँगै नाकामा अबैध गतिबिधि रोक्न सहयोग पुग्ने भण्डारीले बताए । उक्त उपकरण तत्काल जडान नहुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी भण्डारीले भने अब लकडाउन खुकुलो भयो र नाका संचालन हुने भयो भने उक्त सामाग्री जडान गछौँ, ।
यसअघि नाकामा उपकरण नहुँदा हातले छामेको भरमा चेकजाँच हुदै आएको थियो । चिनले प्रदान गरेको उक्त सामाग्री सामाग्री जडान गरेसँगै रसुवागढी नाका प्रबिधिमैत्री तथा अत्याधुनिक बन्ने भएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि चिनले यसअघि तीन पटकसम्म रसुवा जिल्लालाई आवश्यक सामाग्री उपलब्ध गराएको छ । कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री र खाद्यान्न स्वरुप चामल, पिठो र खानेतेल उपलब्ध गराएको थियो । खाद्यान्न स्वरुप आएको सामाग्री जिल्लाको पाँचै वटा गाउँपालिकामा राहात बितरण प्रयोजनार्थ बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

चीनको केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आवत जावत तथा आयात निर्यात ठप्प भएको थियो । त्यस यता कोरोना संक्रमण तथा ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदा लगायतका कारण नाका सुनसान बन्न पुग्यो । कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार पनि ठप्प भएको छ ।

२०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको थियो । चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको थियो ।

चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ जडिबुटि तथा हस्तकलाका सामाग्रीहरु जाने गरेको थियो । रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण नाकाबाट हुने सम्र्पूण आवतजावत रोकिदा नाका सुन्य बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }