मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी कोरोनाको उच्च जोखिममा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ८, २०७७
  • 768
    SHARES

पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा देखिएका छन् । लक डाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जनामा प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमण देखिएका अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छ । लक डाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उहाँले बताउनुभयो । सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।

सह प्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गर्नुभएको छ । आफुले जानेका कुराहरु सावधानिका साथ व्यवहारमा लागु गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार अहिले सम्म काठमाडौंमा २, कपिलवस्तुमा २, धनकुटा र बारामा १÷१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १÷१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेशन नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाउई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । बुधबार महानगरीय प्रहरी वृत कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम गर्नुपर्ने देखिन्छ । प्रहरी मुख्यालयले पनि सोही अनुसार नै काम गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }