शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भाषा परीक्षा डिजिटल प्रविधिमार्फत गरी थप श्रमिक लैजान कोरिया तयार


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 516
    SHARES

काठमाडौं । कोरिया सरकारले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजान तयार भएको छ । नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा डिजिटल प्रविधिमार्फत परीक्षा गराई नेपाली श्रमिक कोरिया लैजान तयार भएको बताएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिका अनुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

कोरियामा हरेक वर्ष लगभग सात हजार नेपाली युवाले प्रत्यक्ष रूपमा रोजगारी पाउँदै आइरहेका छन्। यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो। कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो। यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको सुङले बताए । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएस अन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }