बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 418
    SHARES

काठमाडौं । आज (शुक्रबार) चितवन सहित देशका विभिन्न जिल्लामा ३० जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा नयाँ संक्रमितहरु फेला परेका हुन् । संक्रमितहरु नवलपरासी (बर्दाघात सूस्ता पुर्व) विनय त्रिवेणी गाँउपालिका–६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ, चितवन निवासी ७४ वर्षिय पुरुष र ७३ वर्षिय महिला रहेका छन् ।

त्यसैगरी नवलपरासी सूस्त गाँउपालिका–५ र रामग्राम न.पां–३ र ८ निवासी ३३ र ३५ वर्षिय पुरुषहरु छन् र १५ वर्षिय युवती छिन् ।

कपिलवस्तु बाणगंगा न.पां, मायादेवी गाँउपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिय पुरुषहरु र ८ वर्षिय बालिकालाई पनि संक्रमण देखिएको छ । त्यसैगरी सर्लाही गोडैता न.पा.–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाँउपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षिय पुरुषहरु र १८ वर्षिय युवतीमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यतीबेला सबै संक्रमितहरु स्वास्थ्यकर्मिहरुको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढेर अहिले जम्मा ४ सय ८७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }