शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

चीनले सियानको ‘पोर्ट’ नेपाललाई प्रयोग गर्न दिने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ११, २०७७
  • 460
    SHARES
  • अब नेपालमा बढीमा ८ दिनभित्र सामान आइपुग्ने

काठमाडौँ । चीन सरकारले सिङ्सी प्रान्तको सियान सहरमा अवस्थित ‘पोर्ट’ नेपाललाई प्रयोग गर्न दिने भएको छ । अब यो पोर्टको प्रयोग गरेपछि सियानबाट ल्याइएका सामान ७ देखि ८ दिनमा नेपाल आइपुग्ने बताइएको छ । यसअघि ग्वाङ्जाउबाट नेपालमा सामान आउँदा निकै समय लाग्ने गरेको थियो । अब बढीमा ८ दिनमा नै चिनियाँ सामान नेपाल आइपुग्ने छन् । सियानबाट रेलमा सिगात्सेसम्म आउने र सिगात्सेबाट केरुङहुँदै नेपालसम्म सामान आइपुग्ने बताइएको छ ।

यसले चिनियाँ सामान नेपाल ल्याउन तथा युरोपका सामानहरु पनि सियानको पोर्ट प्रयोग गरेर नेपाल सामान ल्याउन सकिने भएको चिनियाँ स्रोतले बतायो । अब यो नयाँ रुट भएपछि नेपालका व्यापारीहरुले चीनको यो रुटबाट सामानहरु ल्याउने जनाएका छन् । यसरी सामान ल्याउँदा यो रुट सस्तो पनि पर्ने बताइएको छ ।

सियान सरकारले सियानलाई दक्षिण एसियाली देशसँगको ट्रान्सपोर्टेसनको नयाँ कोरिडोरका रुपमा पनि विकास गर्न खोजेको छ । सियानबाट दक्षिण एसियाली देशहरुका लागि जहाज उड्डयनका रुपमा सियान सरकारले विकास गरिरहेको र पछि सोही पोर्टबाट सामान ढुवानी गर्नका लागि सडक सञ्जालको पनि विकास गर्ने जनाएको छ । सियान चिनियाँ महत्वाकांक्षी परियोजना बिआरआईको उद्गमस्थलका रुपमा मानिन्छ । पुरानो सिल्क रोडको पनि उद्गमस्थल मानिएको सियानलाई चीन सरकारले संसारसँग चीनलाई जोड्ने बिआरआई आयोजनाको केन्द्रका रुपमा मान्दछ ।

यसअघि भारतले नेपालमा नाकाबन्दी गरेको समयमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवाहन सन्धि नै गरेका थिए । यतिखेर पनि भारतले नेपालको लिम्पियाधुरा, लिपुलेकमा एकतर्फी रुपमा अतिक्रमण गरेकोले नेपालले आफ्नो जमिन समेटेर नयाँ नक्सा जारी गरेको छ र यसका कारण पछिल्लो समयमा दुई देशबीच विवाद उत्पन्न भएको छ । संयोगवस अहिले पनि नेपालमा ओली नै प्रधानमन्त्री छन् । यसै समयमा चीनले नेपाललाई नयाँ पोर्ट प्रयोग गर्न दिनेगरी विकसित घटनाक्रमलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }