बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा बिजुली निर्यात सुरु, ५ वर्षमा ८४ करोड युनिट बेच्ने प्राधिकरणकाे लक्ष्य


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १२, २०७७
  • 512
    SHARES

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्षदेखि भारतमा बिजुली निकासी गर्न थालेको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले ९० लाख युनिट बिजुली भारतमा निकासी गरेको हो । यसबाट प्राधिकरणले झण्डै १ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

आगामी आर्थिक वर्षमा ७ करोड ७३ लाख, अर्को वर्ष ३७ करोड २९ लाख, आर्थिक वर्ष ०७९र ०८० मा ६८ करोड १९ लाख र आर्थिक वर्ष ०८००८१ मा ८४ करोड ७ लाख युनिट बिजुली भारत निकासी हुने अनुमान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले वर्षादमा उत्पादन हुने बिजुली भारतमा निकासी हुने अवस्था आएको जानकारी दिए ।

निकासी भए पनि सुख्खायाममा भारतबाट केही बिजुली आयात गर्नुपर्ने उनले सुनाए । विद्युत प्राधिकरणले असारदेखि केही महिना २०० मेगावाटसम्म बिजुली खेर जाने संभावना रहेको जानकारी दिएको छ ।

निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ५७ मेगावाटको सान्जेनलगायत निजी लगानीका साना र ठुला आयोजना सम्पन्न भएपछि विद्युत निकासी अझ बढ्ने घिसिङले जानकारी गराए ।

गत आर्थिक वर्षमा भारतबाट २२ अर्ब रुपैयाँको बिजुली आयात भएकोमा यो  वर्ष १० अर्ब घटेर १२ अर्ब रुपैयाँको मात्र आयात हुने उनले जानकारी दिए । कोरोना भाइरस संक्रमणका कारण यो वर्ष भारतबाट बिजुली आयात घटेको छ । औसत ६०० मेगावाट बिजुली भारतबाट आयात हुने गरेकोमा यो वर्ष १५० मेगावाटको हारहारीमा आयात भइरहेको छ ।

यस्तै निकासी वृद्धिसंगै बिजुली आयात पनि कम हुँदै जाने भएको छ । वर्षादमा बढी भएको बिजुली निकासी गरेर सुख्खायामको केही महिना बिजुली आयात गर्नुपर्ने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा विद्युत प्राधिकरणले भारतबाट २७ करोड ९२ लाख युनिट आयात गरेको छ ।

यस्तै आगामी आर्थिक वर्षमा आयात आधा घटेर १५ करोड ९७ लाख, अर्को वर्षमा १० करोड २५ लाख, आर्थिक वर्ष ०७९०८० मा ६ करोड ४४ लाख र ०८००८१ सालमा आउँदा आयात ६ करोड ३२ लाख युनिटमा झर्ने छ ।

चालु आर्थिक वर्षमा ७ अर्ब ३ करोड १२ लाख युनिट बिजुली बिक्री हुने भएको छ । यस्तै आगामी आर्थिक वर्ष ०८००८१ मा बढेर १२ अर्ब ४८ करोड ४० लाख युनिट बिजुली बिक्री गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }