बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लक डाउनको ६३औं दिन कोरोना संक्रमितको सख्या बढ्दो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १२, २०७७
  • 540
    SHARES

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६३ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी भएको लक डाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लक डाउन थप कडाई गर्न थालिएको छ । उपत्यकाका मुख्य सडकहरु भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाई गरेको छ ।

उपत्यकाको भित्रि गल्लिमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले (दिउँसो पौने १२ बजे) सम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् ।

आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }