शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरु सफल भएको प्रधानमन्त्रीका दाबी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १२, २०७७
  • 462
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सुरुवाती दिनमा अलमल भएपनि अहिले सरकारले चालेका कदमहरु सफल भएको बताउनुभएको छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक डाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयले डरलाग्दो क्षतिबाट मुलुकलाई जोगाएको बताउनुभयो ।

कोरोना संक्रमण देखिएका २ महिने शिशु र ८१ वर्षिया बृद्धा निको हुनुलाई प्रधानमन्त्रीले आफ्नो उपलब्धीका रुपमा लिनुभएको छ । दक्षिण एसियामा नेपालको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाइ अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले कम्तिमा पनि २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने योजना सरकराले बनाएको पनि बताउनुभएको छ । परीक्षण किट र औषधिको प्रवन्ध द्रुत गतिमा विस्तार गरी अझै यसलाई उन्नत बनाइने उहाँले बताउनुभयो

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्ति वा अन्य कुनै पनि पनि सामाजिक सहायता रकम कटौती नहुने बताउनुभएको छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताउनुभयो । योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्दै सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम तत्काल सरकारी कोषबाटै मिलान गरिने उहाँले बताउुनभयो । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र प्राकृतिक विपत्ति राहत कोषमा रहेका रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हस्तान्तरण गरिने पनि बताउनुभएको छ ।

प्रधानमन्त्री अ‍ोलीले कोरोनासँग जुध्न स्थानीय तहमा स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा आधारवस्तुहरुको आपूर्तिका कामहरु प्रभावकारी बनाइने बताउनुभयो । अझै क्वारेन्टाइनका संख्या बृद्धि गरेर त्यसको स्तर सुधार गरिने उहाँले बताउनुभयो । होटल र सार्वजनिक स्थानहरुलाई समेत क्वारेन्टाइनस्थलको रुपमा प्रयोग गर्ने विषयमा सरकारले योजना बनाएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विदेशबाट फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काने व्यवस्थाका लागि सरकारले योजना बनाइरहेको बताउनुभयो । जुनसुकै मुलुकमा रहेका नेपालीहरुलाई पनि सरकारले समयमै उद्धार गर्ने कुरामा निश्चिन्त रहन उहाँले आग्रह गर्नुभयो । भारतीय सीमा क्षेत्रबाट आउने नेपालीहरु परीक्षण बिना नै स्वदेश फर्किरहेको उल्ले गर्दै उहाँले नियमको पालना नगर्दा र परीक्षण बिना नै भित्रिदा महामारी फैलिन मद्दत गरेको बताउनुभयो

महामारीका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित भएपछि विद्यार्थीहरु अन्यौलमा रहेको उल्लेख गर्दै उहाँले शैक्षिक वर्ष खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै प्रवन्ध मिलाउने बताउनुभयो । सरकाराको नीति तथा कार्यक्रममा जोड दिएअनुसार खेतीपातीको याम खेर जान नदिन सामाजिक दुरी कायम गरी कृषि कार्य अगाडी बढाइने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }