बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पश्चिम रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १३, २०७७
  • 324
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको भन्दै उहाँले अहिले पनि दलितमाथि गैहदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “ मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको छ ।५४ बर्ष पछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ ।

जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट सम्बन्धलाई विहेबाहीमा परिणत गर्न गएको केही दलित माथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु । ”

उहाँले अपराधसंग सम्बन्धीत व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडीतलाई गरेको सहयोग बारे गृहमन्त्रीसंग जानकारी माग गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }