मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १३, २०७७
  • 406
    SHARES

काठमाण्डौ ।
विश्व बैंक अन्तर्गतको आइएफसी ले कोभिडबाट सिथिल नेपाली नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्धारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, ब¨लादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् ।

हालको कोभिडको कठिन परिस्थितिमा नेपालका नीजि क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा नीजि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी छिन् । काभिडको शुरुवातबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउ“दै यसको असर भविष्यमा पनि केही समय रहीरहने बताएकी छिन् । उनको भनाइमा आइएफसीले अन्तर्राष्ट्र्यि स्तरमा नीजि क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ ।

नेपालमा नीजि क्षेत्रको इक्विटि लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने जनाएकी छिन् । आइएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिस“ग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट तीन सय संघ संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ ।

नेपालमा नीजि क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष लगायत साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जनाएकी छिन् ।

कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस वर्षको अन्तिम सम्म आइएफसीको नेपालमा लगानी ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन् । सन् २०२३ सम्ममा आइएफसीले नेपालका नीजि क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }