शुक्रबार, अशोज ५, २०८०

बजेट पारित गर्न २ बजे मन्त्रिपरिषदको बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १५, २०७७
  • 895
    SHARES

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पारित गर्न दिउँसो २ बजेका मन्त्रिपरिषद् बैठक बोलाइएको छ। बैठकले संसदमा पेश हुने बजेट अनुमोदन गर्ने छ।

मन्त्रिपरिषदे बजेट स्वीकृत गरेपछि आज अपराहन्न ४ बजे संघीय संसदको दुबै सदनमा बजेट पेश गर्ने कार्यक्रम छ । यसका लागि बिहीबार अपराह्न ४ बजेका लागि संघीय संसदको संयुक्त बैठक बोलाइएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश गर्नेछन्।

महामारीका बीचमा आउन लागेको आगामी आर्थिक वर्षको बजेटले मावन जीवनको रक्षालाई पहिलो प्राथमिकता दिने भएको छ । बजेट मानवको जीवन रक्षा गर्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आउने अर्थमन्त्री खतिवडाले स्पष्ट पारिसकेका छन ।

बजेट कस्तो आउँछ भन्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट स्पष्ट भइसकेको छ । आगामी आर्थिक वर्षमा सरकारले आधाभूत स्वास्थ्य सेवाका साथै यसको पूर्वाधार विकासमा ठुलो लगानी गर्ने जानकारी दिइसकेको छ ।

स्वास्थ्यसंगै दोस्रो प्राथमिकता आर्थिक पुनरुत्थान, कृषि, रोजगारी, पूर्वाधार विकास र निर्माणमा केन्द्रीत भएर बजेट आउने अर्थमन्त्रीले जानकारी गराइसकेका छन ।

बजेटले वैदेशिक रोजगारीबाट फर्किनेलाई आन्तरिक रोजगारी सिर्जनामा ध्यान दिने छ । कोरोना महामारीले ठप्प भएका उद्योग व्यवसायलाई पनि पुर्नर्जीवित गराउन सरकारले राहतको प्याकेज ल्याउने जानकारी गराइसकेको छ । यस्तै उद्योगीहरुलाई करमा सहुलियत दिनेदेखि मौद्रिक नीतिबाट पनि थप ब्याजमा सहुलियत दिने सम्मका योजना ल्याउने तयारी सरकारको छ ।

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिने मुल लक्ष्य नीति तथा कार्यक्रमका हुने अर्थमन्त्री खतिवडाले जानकारी गराइसकेका छन ।  आगामी वर्ष सरकारले स्वास्थ्यमा ठुलो लगानी गर्ने भएको छ  । स्वास्थ्यसंगै दोस्रो प्राथमिकता आर्थिक पुनरुत्थान र कृषिलाई जोडेर आउने छ ।

यसैगरी कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने बताइएको छ ।

राष्ट्रिय गौरवका र निर्माणधिन आयोजनहरुलाई निरन्तरता दिने भएको छ । योे वर्ष विषम परिस्थितीका कारण सरकारले नयाँ कार्यक्रम ल्याउने संभावना छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटले निजी क्षेत्रलाई पनि राहतको योजना ल्याउने जानकारी गराइसकेका छन । थलिएको निजी क्षेत्रलाई उठाउन बजेटले राहात प्याकेज ल्याउने उनले स्पष्टपारेका छन ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले उत्पादनसंग श्रम टुटेको छ । आपूर्तिका श्रङखलालाई बजेटले जोड्ने अपेक्षा गरिएको छ । कोरोनाले क्षतिग्रस्त अर्थतन्त्रलाई उठाउन बजेट केन्द्रीत भए पनि थुप्रै कार्यक्रम समावेश गर्नुपर्ने दवावमा अर्थमन्त्री परेकाले बजेटको आकार ठुलो आउने देखिएको छ ।

आर्थिक गतिविधि ठप्प भएको  र कोरोना महामारीको असर कति लम्बिने हो अझै अनिश्चित छ । आगामी आर्थिक वर्षको मध्यमा पुरक बजेट ल्याउनु पर्ने अवस्था आउन सक्छ । यसैगरी करको दर बढाउन सक्ने अवस्था छैन । मदिरा, सुर्तिजन्य पदार्थ, गाडी आयात र टेलिकमलगायत अन्य लक्जरियस वस्तुमा कर बढान सक्ने ठाउँ छ । लक्जरियस वस्तु र महंगा गाडी आयातमा सरकारले प्रतिवन्ध लगाइसकेको छ, त्यसैले राजश्व संकलन पनि प्रभावित हुने देखिन्छ ।

अर्थशास्त्रीहरुले बढीमा १० खर्ब रुपैयाँ हारहारीमा राजश्व संकलन हुने अनुमान गरेका छन । चालु आर्थिक वर्षमा ७ खर्ब रुपैयाँ हारहारीमा राजश्व उठ्ने अनुमान छ । यस्तै कोरोना महामारीले विश्वव्यापी असर गरेकाले वैदेशिक अनुदान र ऋण धेरै आउने संभावना छैन । अन्तराष्ट्रिय मुद्रा कोष (आर्ईएमएफ), एसियाली विकास बैंक (एडीबी), विश्व बैंक र एसियाली पूर्वाधार बैंकबाट केही सहयोग आउने छ ।

आईएमएफ र एडीबीले गरेर झण्डै ५० अर्ब रुपैयाँ ऋण सहयोग दिने भएका छन । खर्बौ रुपैयाँको राहात वितरण र पुनरुत्थानमा खर्च गर्नुपर्ने दायित्व छ । यस्तै नियमित आयोजनाहरुमा पनि विनियोजन गर्ने भएकाले बजेटका आकार ठुलो हुने देखिन्छ । सार्वजनिक खर्च पुरावोकन आयोगको सुझावलाई कार्यन्वयनमा ल्याउन सके सरकारको खर्च घट्ने छ । आयोगले ४ खर्ब रुपैयाँ खर्च घटाउन सकिने सुझाव सरकारलाई दिइसकेका छ ।अर्थमन्त्रीले आयोगको प्रतिवदेन सार्वजनिक गर्न चाहेका छैनन ।

आर्थिक वर्षको सुरुदेखि अर्थतन्त्रमा समस्या देखिएको अर्थमन्त्री खतिवडाले स्वीकार गरेका छन । अर्थमन्त्रीले खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै फागुनसम्म अवस्था राम्रो भए पनि कोभिड नियन्त्रणका लागि चालिएका कदमले गर्दा चैतदेखि देशको अर्थतन्त्र असहज अवस्थामा पुगेको बताएका छन । उनले आर्थिक वृद्धि २.७ प्रतिशत हुने अनुमान संसदलाई जानकारी गराएका छन । आईएमएफ आर्थिक विस्तार खुम्चिएर १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ