शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपाका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसको आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १५, २०७७
  • 507
    SHARES

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको सहायक प्रवक्ता जस्तोगरी अभिव्यक्ति नदिन कांग्रेसले आग्रह गरेको छ ।नेपाली कांग्रेसको कारण संविधान सांशोधनको कार्यसूचि हटाइएको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिएपछि कांग्रेसले सहायक प्रवक्ता बन्ने प्रयास नगर्न आग्रह गरेको हो ।

सरकारका केही मन्त्री तथा मुख्यमन्त्रीले बुधबार कांग्रेसको कारण नेपालको नक्सा सच्याउने विषयमा तय भएको संविधान संशोधनको कार्यसूचि हटाइएको बताएका थिए । सोही विषयमा कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी खण्डन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले कम्युनिस्ट मन्त्रीहरु कांग्रेसको सहायक प्रवक्ता भएजस्तो गरी अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउनुभयो । उहाँले कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत धारणा बनाई अगाडि बढने बताएपनि संविधानको संशोधनको प्रक्रिया अगाडि बढाउन समय नमागेको स्पस्ट पानुभयो ।

उहाँले भन्नुभयो ‘संसदमा सुरु भएको प्रक्रियालाई अवरुद्ध गरिनुपर्छ भन्ने हाम्रो कुनै माग, हाम्रो कुनै अपेक्षा विलकुलै थिएन । संसदमा कार्यसूचिबाट त्यसलाई हटाइनुपर्छ भन्ने नेपाली कांग्रेसको अभिव्यक्ति थियो आग्रह थियो भन्ने ढंगले सरकारका कतिपय मन्त्रीले र सत्तारुढ दल निकट रहेका एकजना मुख्यमन्त्रीले भन्नुभएको विषयलाई हामीले गम्भिरता पूर्वक लिएका छौं । नेपाली कांग्रेसको तर्फबाट म आज स्वदेश र विदेशमा हेरिरहनु भएका सबै दिदिबहिनी दाजुभाईलाई सञ्चार माध्यममार्फत सामाजिक सञ्जाल मार्फत स्पस्ट गर्न चाहन्छु नेपाली कांग्रेसको धारणालाई व्यक्तगर्नलाई, व्याख्या गर्नलाई कांग्रेस पार्टीले कम्युनिष्ट पार्टीका कुनै मन्त्रीलाई या कुनै मुख्यमन्त्रीलाई पार्टीको सहायक प्रवक्ता नियुक्त गरेको छैन् ।’

सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्व अनुभुती हुनेगरी संसदबाट पारित गराउन साझा सहमतिको वातावरण निर्माण गर्न प्रवक्ता शर्माले सरकारलाई आग्रह समेत गर्नुभयो । कांग्रेसले अभिव्यक्तिमा उग्रता भन्दा पनि पहलकदमीमा तिब्रताको पक्षमा रहेको र संसदबाट पारित गराउन सबै दलहरुबीच साझा दृष्टिकोण बनाउन कांग्रेस नेतृत्व गर्न तयार रहेको बताउनुभयो । उहाँले संविधान संशोधनका विषयमा संस्थागत धारणा बनाउन केन्द्रीय समितिको बैठक जेठ १७ गते शनिबार बस्ने समेत बताउनुभयो ।

कांग्रेसले नक्साको विषयमा संविधान संशोधन गर्न सार्वजनिक रुपमा नै जवाफ दिइसकेको उहाँले बताउनुभयो । सर्वदलिय बैठकमा सहभागि भएर कांग्रेसले कार्यसमितिको बैठकबाट संस्थागत निर्णय गर्ने बताएको तर समय नमागेको उहाँले स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }