बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सत्तारुढ दलकै सांसदहरुले बजेटमाथि आशंका गर्दा यसको विश्वसनियता माथि नै प्रश्न उठेको प्रकाशमान सिंह


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 356
    SHARES
  • तस्बिर : संघीय संसद सचिवालय

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सत्तारुढ दलकै सांसदहरुले बजेटमाथि आशंका गर्दा यसको विश्वसनियता माथि नै प्रश्न उठेको बताउनुभएको छ ।

बजेटमा अमेरिकी सहयोग परियोजना एमसीसीको बुँदा घुसाइएको भन्दै नेकपाभित्र विरोध भइरहेको प्रशंगमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘बजेटमा ४ सय केभि क्षमताको अन्तरदेशिय प्रशारण लाइनको लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रसारण निर्माण गर्ने राखेको छ ।

यो बजेट कतिको विश्वसनिय छ । यसलाई सत्तारुढ पार्टीले अगाडी नबढाउने भनेको छ । यसले बजेट कति विश्वसनिय छ भन्ने छ । कार्यान्वयनमा यतिकै फितलो हुने छ ।’’ आर्थिक वर्ष २०७७÷०७८को बजेट माथिको राजश्व र व्ययको अनुमान माथिको सैद्धान्तिक छलफलमा उहाँले कोरोना महामारीबाट अर्थतन्त्रमा पार्ने प्रभावलाई सरकारले नजरअन्दाज गरेको बताउनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भिरताका साथ नलिएको उल्लेख गर्दै उहाँले यसका लागि कुनै पनि कुरा प्राथमिकतामा नराखेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिसन्तोषजनक नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }