बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाग्मती प्रदेशमा हाल सम्म कोरोना संक्रमित नभएको जिल्ला


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 837
    SHARES

रसुवा।

पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड –१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।

सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हालसम्म जिल्ला सुरक्षित भएको बताउनुभयो ।

रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षाअंग, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, बन्दाबन्दीको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले हालसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शंकास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको उहाँको जिकिर छ । क्वारेन्टिनमा हाल १९ व्यक्ति छन् । तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीय बासिन्दालाई  अनिर्वार्य रुपमा क्वारेण्टाईनमा  राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने व्यबस्था गरिएको रसुवाबाट प्रतिनिधिसभाका सांसद ईन्जिनियर मोहन आचार्यले जानकारी दिनु भयो।

रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }