शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संविधान संशोधन र बजेट एकसाथ पारित हुने


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 433
    SHARES

संविधान संशोधन र आर्थिक वर्ष २०७७/०७८ को बजेट एकसाथ पारित हुने भएको छ । बहुप्रतिक्षित संविधान संशोधनको विधेयक संसद्मा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको हो । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न संविधान संशोधनको विधेयक पेस गरिएको छ । आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७’ पेस गरे । संसद् सचिवालयले मंगलबार संविधान संशोधनको सूचना प्रकाशित गर्नेछ । सूचना जारी भएको सात दिनपछि पनि ७२ घन्टा संशोधन हाल्न पाइने प्रावधान रहेको छ । सदनमा पेस भएको दोस्रो संविधान संशोधन विधेयमाथि जेठ २७ गतेमात्र छलफल हुने भएको छ । कानुनी प्रक्रिया पूरा भएपछि मात्र सदनमा विधेयकलाई कार्यसूचिमा राखिनेछ ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई संशोधन गर्न यही जेठ ९ गते दोस्रो संविधान विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमित गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भू–भाग समेटेर सरकारले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरूबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्धरूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका थिए । त्यसै गरी बजेटमाथि जेठ २३, २४ र २५ गते मन्त्रालयगत छलफल हुनेछ । संसद् सचिवालयका एक सदस्यका अनुसार संविधान संशोधन र बजेट एकसाथ पारित हुने अवस्था रहेको छ । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }