शुक्रबार, अशोज १४, २०७९

वाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 1.1K
    SHARES

वाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने भएको छ । प्रदेश सरकार मातहत वा बाहेक प्रदेशभित्र हुने विकास निर्माणको कार्यलाई व्यवस्थित गर्न विकास कम्पनी स्थापना गर्न लागिएको जनाइएको छ ।

विकास निर्माणमा आवश्यक पर्ने गुणस्तरीय निर्माण सामग्री छनोट तथा आवश्यकतानुसार उत्पादनसमेत गर्न, निर्माणलाई दिगो र वातावरणमैत्री बनाउन, स्तरीय निर्माण सामग्री उत्पादन गरी बिक्री वितरण गर्नलगायत विकास निर्माणसँग सम्बन्धित कामका लागि प्रदेश पूर्वाधार कम्पनीको स्थापना गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा हुने विकास निर्माणलाई चुस्त बनाउन विकास कम्पनी स्थापना गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल बताउनुहुन्छ ।

विसं २००७ यता राज्यमा भएका ठूला तीन क्रान्तिले नेपाललाई समाजवादोन्मुख राज्य व्यवस्थातर्फ उन्मुख गराएको तथा संविधानसभामार्फत जारी नेपालको नयाँ संविधानले राज्य, सहकारी र निजी क्षेत्रसहितको तीन खम्बे नीतिसहितको मिश्रित अर्थव्यवस्थाको परिकल्पना गरेकाले सोही परिकल्पनालाई मूर्तरूप दिन विकास कम्पनी स्थापना गर्न लागिएको मन्त्री फुयाँलको भनाइ छ । मन्त्री फुयाँलले विकास कम्पनी निर्माणका लागि कानूनसमेत बनिसकेको जानकारी दिनुभयो । “हामी निजी क्षेत्रहरूलाई पनि परिचालित गर्नेछौँ, सहकारी र राज्यलाई पनि परिचालित गर्ने छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ