शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस व्दारा रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठनको माग


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 440
    SHARES

 

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदिय समितिबाट छानबिन गर्न माग गरेको हो । प्रतिनिधिसभामा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस् । यहि माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने यो भन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारीयोस ।’’

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राख्नुभएको थियो । गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उहाँले उहाँले बताउनुभयो । ‘‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन् । र हामीलाई समितिको मान्यता पनि छैन् । यस हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट’’, उहाँले भन्नुभयो,

‘‘गृह मन्त्रीले तिनिहरु हामफाले भन्नुभएको छ । पोस्टमार्टमा गर्दा ति मृतकका पेटबाट पानी आएको छैन् । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नअमाउनुको कारण तिनिहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो ।’’

पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो । गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको अझै पनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानबिन गर्न काग्रेसले माग गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }