बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय जनता पार्टी (राजापा) र समाजवादी पार्टीले दर्ता गराए संविधान संशोधन विधेयक


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 579
    SHARES

राष्ट्रिय जनता पार्टी (राजापा) र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराएका छन् ।

सोमबार राजापको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसद सचिवालयमा विधेयक दर्ता गर्नुभएको हो ।

विधेयक दर्ता पछि राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका प्रस्ताव लिएपनि आफुहरुले उठाउँदै आएका विषयहरु नसमेटेकाले गैरसरकारी विधेयक दर्ता गरिएको बताउनुभयो । देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा संवैधानिक निकाय र उच्च पदस्थ व्यक्तिहरुमाथि पनि छानबिन गर्न सक्ने गर्ने गरी लोकपालको व्यवस्था गर्नुपर्ने माग आफुहरुको रहेको उहाँले बताउनुभयो ।

संवैधानिक निकाय बाहेक विभिन्न आयोग र राजदूत नियुक्त गर्दा समानुपातिक समावेशिता हुनुपर्ने विषय पनि आफुहरुले उठाउँदै आएको उहाँले बताउनुभयो ।

प्रदेशको संख्या हेरफेर लागि आयोग बनाउनुपर्ने, प्रदेशको सिमाङ्कन हेरफेर गर्दा सबै प्रदेशको सहमति अवश्यक नहुने, बैवाहिक अंगिकृत नागरिकताको विषयमा संविधानमा उल्लेख हुनुपर्ने माग आफुहरुको रहेको उहाँले बताउनुभयो ।

सरकारले आफ्ना कुराहरु सम्बोधन गर्न चासो नदेखाए सरकारले अघि सारेको संशोधनको पक्षमा आफुहरु मतदान गर्न बाध्यन नहुने उहाँले बताउनुभयो । यसअघि शुक्रबार राजपाका तर्फबाट नेता महन्थ ठाकुरले संशोधन विधेयक दर्ता गर्दा सचिवालयले अध्ययन गरेर मात्रै दर्ता हुने जवाफ दिएपछि दर्ता भएको थिएन । शुक्रबार राजपाले संशोधन दर्ता गर्दा समाजवादी पार्टीको सहभागिता पनि थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }