बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण रोकिएका हङकङबासी नेपाली फर्किदै, सोमबार निगमको तीन चार्टर उडान


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 360
    SHARES

काठमाडौं । कोरोना भाइरसको प्रभावपछि गरिएको लक डाउनका कारण नेपालमै रोकिएका हङकङमा बसोबास गर्दै आएका नेपालीहरु सोमबार रातीबाट हङकङ फर्किदैं छन् ।

सोमबार नेपालबाट नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत उनीहरु फर्किन लागेका हुन् ।

गैर आवासीय नेपाली संघ(एनआरएनए)हङकङका अध्यक्ष टिका गुरुङले हङकङस्थित नेपाली महावाणिज्यदूतावाससंगको करिब १ महिना देखिको पहलपछि नेपालमा रोकिएकाहरु फर्किन पाएका हुन् ।

लकडाउन लम्बिएसँगै अन्तर्राष्ट्रिय उडानको समेत मिति सरिरहेको छ । त्यहि भएर अहिले हङगङबासी नेपालीहरुले जहाज चार्टर गरेर फर्किन लागेका हुन् । सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज मार्फत चार्टर उडान हुदैछ ।

निगमका प्रवक्ता अर्चना खड्काले सोमबार एकैपटक तीन वटा जहाज माफर्त हङकङमा उडान गर्न लागिएको जानकारी दिइन । यस्तै अबको ४ दिनपछि न्यारोबडी जहाजमार्फत चार्टर उडान हुने उनले बताईन् ।

सोमबार जाने दुई वटा न्यारोबडी हार्वेस्ट मुन ट्राभलले बुकिङ गरेको हो भने वाइडबडी जहाज हङकङका ८ वटा ट्राभल एजेन्सीहरु मिलेरले बुकिङ गरेका हुन् ।

नेपालबाट गएकाहरु १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । अहिले नेपालमा करिब १ हजार ३ सय जना नेपालीमूलका हङकङबासीहरु लकडाउनका कारण रोकिएका छन । एकमहिनाअघिदेखि फर्किन चाहनेहरुलाई गैरआवासिय नेपाली संघ हङकङले नामावली संकलन गरेको थियो ।

यसअघि हङकङ चार्टर उडानका लागि हिमालय एयरलाइन्सले प्रक्रिया थालेको थियो । हिमालय एयरलाइन्स जाने निश्चित भएपछि हङकङमा रहेका ट्राभल एजेन्सीहरुले नेपाल एयरलाइन्सलाई महँगोमा बुक गरेका थिए । हङकङले हिमालयलाई उडान अनुमति नदिएपछि नेपाल एयरलाइन्स नै बुक गरेर नेपालीहरु फर्किन लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }