बिहिबार, अशोज १३, २०७९

लकडाउनमा जुवा खेल्ने ९ प्रतिष्ठित व्यवसायी कमलादीबाट पक्राउ


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 111
    SHARES

काठमाडौं । बन्दाबन्दी (लकडाउन) जारी रहेका बेला होटलमा जुवा खेलिरहेका नौ ठुला व्यवसायी पक्राउ परेका छन । राजधानीको कमलादीस्थित गगौंर बुटिक होटेलमा जुवा खेलिरहेका बेला सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने व्यवसायीहरुमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल छन् ।

यसैगरी होटेल सञ्चालक भारतीय निक्की जोगाईलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए ।

व्यवसायीसंग २ लाख ७७ हजार ७२० रुपैयाँ नगद र १७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको अनुमान गरिएको छ । यद्यपी प्रमाणित हुन बाँकी छ ।

होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ