बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरुप पोषण युक्त खाद्यान्न वितरण


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 553
    SHARES

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरुप पोषण युक्त खाद्यान्न उपलब्ध गराएको छ ।

एनएपीएनले देशभर रहेका सबै एचआईभी संक्रमित बालबालिकालाई घरघरमै पुगेर पोषणयुक्त खाद्यन्न उपलब्ध गराएको हो । लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताउनुभयो । उहाँले पहिलो चरणमा १२ वर्ष मुनिका ६ सय ६८ बालबालिका र दोस्रो चरणमा १३ वर्ष देखि १८ वर्ष सम्मका ६ सय १७ जना किशोरकिशोरीहरुलाई दुई महिनाको लागि पुग्ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराएको बताउनुभयो ।

ग्लोबल फण्डको क्षेत्रीय सहयोगबाट बालबालिका र किशोरकिशोरीहरुलाई राहत उपलब्ध गराइएको अध्यक्ष दिदीयाले बताउनुभयो । एनएपीएनले ८ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो । यस्तै एनएपीएनले ४५ वर्ष माथिका ७ सय ३२ एचआईभी संक्रमितलाई पनि दुई महिनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ । अहिले देश भर करिब १८ हजार एचआईभी संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }