बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २१, २०७७
  • 629
    SHARES

काठमाडौं । विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।

न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो । समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको बताउनुभयो । उहाँले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दिप प्रज्वलन गरी प्राथना गरिएको बताउनुभयो ।

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }