बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २२, २०७७
  • 363
    SHARES

काठमाडौं । जारी बन्दाबन्दी (लकडाउन) का बीच मेगा बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बुधबार बसेको विशेष साधारणसभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा बैंकका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्तिका लागि गरेको प्रस्ताव पारित भएको हो । मेगा र गण्डकीको सेयर आदान प्रदान अनुपात १ः१ रहेको छ ।

यो प्राप्ति पश्चात मेगाको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा वृद्धि भई देशकै ठुलो वाणिज्य बैंकको रुपमा स्थापित हुने अध्यक्ष शाहले बताए ।

साधारण सभामा बोल्दै मेगाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकासलाई प्राप्ति गरेपछि मेगाको स्तर बढ्ने बताइन ।

ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनीले मेगाको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी गराइन ।

२७ ओटा वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जामा १२औं र नाफाका आधारमा ११औं स्थानमा रहने सीईओ खुञ्जेलीले जानकारी गराइन ।

गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्तापुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ । निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँ हुने सीईओ खुञ्जेलीले बताईन । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।

यसैबीच गण्डकी विकासको सम्पन्न विशेष साधारण सभाले समेत मेगा बैंकले प्राप्ति गर्न प्रस्ताव स्वीकृति प्रदान गरेको छ । गण्डकीका अध्यक्ष शुशील गौचनले गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकीको चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगालाई गण्डकी विकासलाई प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }