शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट विदेशमा रहेका नेपालीको उद्धार हुदै (यहाँ छन् होल्डीङ सेन्टर)


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २३, २०७७
  • 417
    SHARES

काठमाडौं । चौतर्फि दबाब र विरोधपछि अन्ततः सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउने प्रक्रिय अगाडी बढाएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रभावले पारेको असरका कारण विदेश रोजगारीका लागि गएका हजारौं नेपालीहरु अलपत्र भएका थिए ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि नेपालीहरुको उद्धार कार्य सुरु हुन लागेको बताएका छन् ।  म्यानमारबाट २६ जना आउने भएका छन्। गैर आवासीय नेपाली नालाई उद्धार गर्ने सूची तयार भएको भएपनि ५ जनाको स्वास्थ्य प्रमाणपत्र बनाउन ढिलाई भएको कारण छुटेको जनाएको छ ।

अध्यक्ष पन्तले अर्को साताबाट मध्यपूर्व र अन्य क्षेत्रबाट पनि उद्धार कार्य सुरु हुने भएकोले सबैलाई धर्य हुन आग्रह गर्दै समस्यामा परेकाहरुलाई सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

जेठ १७ गते कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको बैंठकले नेपाली नागरिकहरूलाई स्वदेश ल्याउने सम्बन्धी कार्ययोजना स्वीकृत गर्दै१० दिनभित्र विभिन्न देशमा रहेका करिब २५ हजार नेपाली नागरिकलाई नेपाल ल्याउने निर्णय गरेको थियो ।

सरकारले नेपाल आउन चाहनेहरुले एक साताको स्वास्थ्य विवरण बुझाउनु पर्ने नियम बनाएको छ । स्वास्थ्य परिक्षणका क्रममा भाइरसको संक्रमण देखिएमा सम्बन्धीत मुलुकमै उपचारको व्यवस्था मिलाउने भएको छ । अहिले पनि संक्रमित नेपालीहरुकै सम्बन्धीत मुलुकमै उपचार भइरहेको छ ।

विदेशबाट आएका नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली सेनाले सम्बन्धीत ठाउँ ठाउँमा पु¥याउने जिम्मा लिएको छ । सेनाले विमानस्थलबाट साझा यातायतमा होल्डिङ सेन्टरसम्म पु¥याउने छ।  विमानस्थलमा पनि प्रदेशअनुसार छुट्टाछुट्टै राखिने छ। त्यहाँबाट प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिनेछ।

विदेशबाट आएकाहरुको लागि उपत्यकाका तीन जिल्लाका ८ वटा पार्टी प्यालेसमा राखिने भएको छ । श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वागमती, गण्डकी र प्रदेश नं ५ का नागरिकलाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिने भएको छ।

यस्तै प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको भने कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरमा राखिने भएका छ। उनीहरुलाई धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्खोको मण्डला पार्टी प्यालेसमा राख्ने तयारी भएको छ।

सरकारले विदेशबाट नेपालीहरु ल्याउनका लागि दैनिक १० वटासम्म उडान गर्ने योजना बनाएको छ । नेपाल एयरलाइन्सले दैनिक १ हजार ६ सय जना लाई उद्धार गरी ल्याउन सक्ने जानकारी परराष्ट्र र श्रम मन्त्रालय सहित विभिन्न दूतावासहरुमा दिएको छ । नेपाल एयरलाइन्सले २ वटा वाइडबडी र २ वटा न्यारोबडी मार्फत चार्टर उडान गर्ने तयारी गरेको छ ।

यता सरकारले हिमालय एयरलाइन्सलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । हिमालयले अहिले भाडा निर्धारण गरिरहेको छ । हिमालयसँग ४ वटा न्यारोबडी जहाज रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }