बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारको तयारी सम्बन्धमा उच्चस्तरीय समन्वय समितिमा छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २३, २०७७
  • 496
    SHARES

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ ।

विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिनुभएको छ । समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले आज (शुक्रबार) देखि विदेशबाट आउँदै गरेका नेपाली नागरिकहरुलाई काठमाडौंमा होल्डिङ स्टेसनमा राख्ने देखि प्रदेश र स्थानीय तहसम्म पठाउने विषय र प्रदेशमा भएको तयारीको विषयमा जानकारी लिने काम भएको बताउनुभयो । पूर्व निर्धारीत कार्यक्रम अनुसार मन्त्रीहरुबीच कार्यान्वयनको विषयमा एकअर्कामा जानकारी दिने काम भएको उहाँले बताउनुभयो । उहाँले हवाई उडानबाट अवतरण भएपछि नेपाली सेना र सुरक्षा अधिकारीबाट व्यवस्था भएको बसबाट काठमाडौंको होल्डीङ सेन्टरसम्म पु¥याउने र केही घण्टाको आराम पछि प्रदेशमा पठाइने बताउनुभयो ।

विदेशबाट अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्ने कार्य आज देखि सुरु भइसकेको बताउनुभयो । उहाँले शुक्रबार पहिलो चरणमा म्यानबाटरबाट २६ जना नागरिक आइसकेको र दिउसो युएईबाट समेत आउने बताउनुभयो । विदेशबाट उद्दार गरी नेपाल ल्याइएका नागरिकको व्यवस्थापनाको काम कोरेना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टेर (सीसीएमसी)को संयोजनामा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }