शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चौधरी फाउण्डेसनद्वारा सुरक्षित मातृत्व सेवाका लागि स्वास्थ्य उपकरण सहयोग


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २३, २०७७
  • 513
    SHARES

काठमाडौं । चौधरी फाउण्डेसनले प्रसुती सेवाकेन्द्रहरुका लागि स्वास्थ्य    उपकरणहरु वितरण गरेको छ । शुक्रबार फाउण्डेसनका उपाध्यक्ष निर्वाणचौधरीले  सामाग्री सुरक्षित मातृत्व संजाल महासंघका महासचिव रविन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक  ६० थान पिपिई, ७ हजार ५ सय थान मास्क, ६ हजार थान ग्लोब्स, ३० थान थर्मल गन, १६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६ सय  थान हात धुने साबुनलगायतका सामाग्री वितरण गरिएको हो ।

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविधकार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामाग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहहरुमा वितरण गरिने महासंघले जनाएको छ ।

नेपाल दक्षिण एशियामा नै उच्चमातृ र शिशु मृत्युदर भएको मुलुक अन्तर्गत पर्दछ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा प्रति एक लाखमा २३९ मातृ मृत्युदर छ । स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका छन् ।

अझ २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजातशिशुको स्वास्थ्य यस क्षेत्रमा बढि जोखिममा रहेको छ । यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्थ्यकर्मीको सुरक्षालाई ध्यानमा   सामाग्रीहरु सहयोग गरेको फाउण्डेसनले जनाएको छ । यसअघि चौधरी फाउण्डेसनले मुलुकभरिका विभिन्न ११९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }