बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हिमानी कोषद्वारा बिभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २४, २०७७
  • 391
    SHARES

काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि हिमानी कोषले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । शुक्रबार कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको हो ।

हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो । उक्त सामग्रीहरु प्रसुति अस्पताल थापाथली, सुदूरपश्चिमको गौरीफन्टा नाका र फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कोषले प्रसुति गृहलाई २ सय थान पीपीई र सोही मात्रामा केएन नाईन्टीफाइभ मास्क, स्यानिटाईजर, गौरीफन्टाको लागि एक सय थान पीपीई, पच्चीस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी, फोहरमैला संकलन केन्द्रलाई दश थान पीपीई, दश÷दश थान सर्जिकल मास्क तथा युटिलिटी ग्लोब्स लगायतका सामग्री उपलब्ध गराइएको हो ।

कोषले यो भन्दा अगाडि पनि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }