शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विधूतिय सवारीमा भन्सार बढाएर सरकारले राजनितिक बैमानी गर्यो सांसद देवेन्द्र कँडेल


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 414
    SHARES

 

नेपाली कांग्रेसका सांसद देवेद राज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारी साधन पैठारी भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सुचना वेच्ने काम गरेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो । “ आफ्नो स्वार्थका लागि देशको अर्थनीति तय गर्ने जिम्मेवार निकायबाटै अति गोप्य बजेट आउने केही दिन अघि सूचना बेचेर रातारात १ सय २० विद्युतिय सवारी पैठारी गरियो ।”

विद्युतीय सवारी साधन आयातमा १ सय १३ प्रतिशत कर लगाउने निर्णय लाई प्रतिगमनकारी निर्णय को संज्ञा दिनुभयो । विद्युतीय सवारी साधनमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निर्णय हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक वेइमानी भएको टिप्पणी गर्नुभयो । उहाँले चुनावी घोषणा र प्रधानमन्त्रीको प्रतिवद्धता विपरित अर्थमन्त्रीले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निर्णय गरेको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ बर्षमा काठमाण्डौ उपत्यकाभित्र विद्युतिय सवारी साधन मात्रै प्रयोग गरिने कार्ययोजना लागु गर्ने भनी भोट माग्ने काम गरेको तथा २ बर्ष अघि साझा यातायातले काठमाण्डौमा सुरु गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कुल सवारी मध्ये २० प्रतिशत विद्युतिय हुने घोषणा गरेको स्मरण गराउनुभयो ।

उहाँले मुलुकका पूँजीपतिहरुले महंगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरीनबाट रोक्न विद्युतिय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो तर्क भएको दाबी गर्नुभयो । यो निर्णयले दीर्घकालिन रुपमा सरकारलाई नै घाटा हुने भएकाले निर्णय फिर्ता लिन माग गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री समेतले विद्युतीय सवारीप्रति गरेको प्रतिवद्धतालाई अर्थमन्त्रीले हटाएको भन्दै रोष प्रकट गर्नुभयो ।

उहाँले विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा भईरहेको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो “चकलेटमा १० प्रतिशत छुट गरेर विदेशबाट ५ अर्बको चकलेट ल्याईन्छ र १० प्रतिशत डिस्काउण्ट गरेर भन्सार घटाएर ५० करोडको घाटा गराईन्छ । ”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }