बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रुकुमको चौरजहारी घटनाको विरोधमा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुको विरोध प्रदर्शन


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 373
    SHARES

रुकुमको चौरजहारीमा भएको घटनाको विरोधमा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार त्रिवि परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले टाउकोमा किताब र निधारमा पट्टि बाँधेर चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोध गरेका छन् । कोरोना महामारीको कारण सामाजिक दुरी कायम गर्दै त्रिवि परिसरमा भेला भएका उनीहरुले जनचेतनामूलक प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले विभेद र अत्याचार विरुद्ध त्रिविले शिक्षा दिन नसकेको भन्दै ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि’, ‘अहिले नबोले कहिले बोल्ने’, ‘टियु ले कस्तो जनशक्ति उत्पाद ग¥यो’ लेखिएका प्लेकार्डहरु बोकेका थिए । विद्यार्थीहरुले दलितमाथिको विभेद र अत्याचार विरुद्ध बोल्नका लागि अभियान नै चलाउनुपर्ने भएकाले प्रदर्शन गर्नुपरेको बताएका छन् । विद्यार्थीहरुले रुकुम घटनाका दोशीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }