
जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएका महेन्द्र बहादुर पाण्डेले राष्ट्र हित र आवस्यकता अनुरुप काम गर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सरकारले दुवै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले आफुले चीनमा रहदा पनि सोही अनुरुप नै काम गर्ने बताउनुभयो । उहाँले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्रहित र राष्ट्रको आवश्यकता परिपूर्ति तथा जनताको चाहना र भावनालाई सम्बोधन हुने गरी राखिने बताउनुभयो । उहाँले आफु जिम्मेवार रही ठिक ढंगले भूमिका निर्वाह गर्ने सम्बन्धमा प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
पाण्डेलाई गत वैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा २८२ बमोजीम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।