शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन प्रभाव: कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २६, २०७७
  • 564
    SHARES

काठमाडौँ। अहिले नेपालमा उत्पादन हुने तरकारीले खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा नेपालमा उत्पादन भएको तरकारीे १० प्रतिशत खेर जाने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४२ लाख ७१ हजार २७० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ तर नेपालमा वार्षिक झन्डै ४४ लाख मेट्रिक टन तरकारी खपत हुने गरेको छ अर्थात् भारतलगायत अन्य देशबाट १४ देखि १५ लाख मेट्रिक टन तरकारी आयात हुने गरेको आलु तरकारी तथा मसला बाली निर्देशनालयले जनाएको छ । नेपालले पनि २२ देखि २५ हजार मेट्रिक टन तरकारी वार्षिक निर्यात गर्ने गरेको निर्देशनालयका निर्देशक कृष्ण पौडेलले बताए । तर अहिले नेपालमा भारतलगायत अन्य देशबाट तरकारी आयात गर्ने अवस्था छैन । नेपालमै उत्पादन भएको तरकारी खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण तरकारी खपत हुने ४० प्रतिशत बजार समाप्त भएको छ । त्यसले गर्दा नेपालकै तरकारी पर्याप्त रहेको छ । यो बन्दाबन्दीमा देशभरि दैनिक तीन हजार १७० मेट्रिक टन तरकारी खपत हुने गरेको छ । त्यसमा ३० प्रतिशत मात्र भारतबाट आएका तरकारी हुन् ।

अहिले भारतबाट आउने तरकारी पनि नेपाली व्यापारीले ल्याइरहेका छैनन् । नेपालमा रहेका भारतीय व्यापारीले मात्र भारतबाट मगाइरहेका छन् जो अहिलेको अवस्थामा नेपालमा आवश्यक नै नरहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे बताए । अहिले नेपालमै पर्याप्त तरकारी छ । बरु भारतबाट आउने तरकारी महँगो हुन्छ तर नेपालको तरकारी अहिले निकै सस्तो रहेको उनले बताए। नेपालमा उत्पादन भएको सबै तरकारी खपत भएको छैन । १० प्रतिशत तरकारी त्यतिकै खेर गइरहेको छ । लकडाउनअघि भारतबाट ४० प्रतिशत तरकारी कालीमाटी तरकारी बजारमा आउँथ्यो अहिले १७–१८ प्रतिशतमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

बन्दाबन्दी सुरु भएपछि जेठ १ गतेसम्म २२ देखि २३ प्रतिशत तरकारी भारतबाट आएको थियो । अहिले १७–१८ प्रतिशतमा झरेको उनले बताए। अहिले भारतबाट तरकारी नआए पनि नेपालको तरकारीले नै पुग्ने रहेछ तैपनि आलु, प्याज, लसुन, कागतीजस्ता तरकारीजन्य वस्तु भारतबाट केही व्यापारीले ल्याउने गरेका छन्, उनले बताए । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७।३ प्रतिशतमा तरकारी खेती हुने गरेको छ । यो देशको कुल गार्हस्थ उत्पादनको ८.८ प्रतिशत हो । आलु तरकारी तथा मसला बाली निर्देशनालयका अनुसार कुल कृषियोग्य जमिनमध्ये दुई लाख ९७ हजार १९५ हेक्टर क्षेत्रमा तरकारी खेती गरिन्छ । गोरखापत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }