शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनः निर्माणमा सधाउने


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २६, २०७७
  • 418
    SHARES

काठमाण्डौं। दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने सम्बन्धमा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीयआयोजना कार्यान्वयन इकाइ र भारतीय राजदूतावास वीच ७ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको  २ अर्ब ९५ करोड रुपैयाँको  आर्थिक सहयोग मायी विद्यालयहरुको पुनःनिर्माण गरिने छ ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिकभवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्पप्रतिरोधी संरचना पुन र्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने छ ।
भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्य लाई निरन्तरता दिनभारत सरकार प्रतिबघ्द रहेको भारतिय दुतावास व्दारा जारी प्रेश बक्तब्यमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }